भारतीय सेनाको हेलिकप्टर बिनाअनुमति नेपाली आकाशमा उडेको भन्दै नेकपाले माग्यो सरकारको जवाफ

भारतीय सेनाको हेलिकप्टर बिनाअनुमति नेपाली आकाशमा उडेको विषय संसद्मा उठेको छ । नेपाली कम्युनिस्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले यो विषय प्रतिनिधिसभाको बैठकमा उठाएका हुन् ।

भारतीय सेनाको हेलिकप्टर दार्चुलाको भूमि हुँदै उडेको र त्यसमा भारतीय सेनाका कुनै प्रमुख व्यक्ति सवार रहेको भनेर उनले यो विषय संसद्मा राखेका हुन् । यसबारेमा उनले सरकारसँग जवाफ मागे ।