साताको कारोबारको पाचौं दिन आज (बिहीबार) सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसाय महासङ्घका अनुसार आज सुन तोलामा १०० रुपैयाँले बढेको हो । जस अनुसार आज छापावाला सुन नेपाली बजारमा प्रतितोला दुई लाख ९७ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यता आज चाँदी पनि तोलामा ३५ रुपैयाँले घटेर प्रतितोला चार हजार ९४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।


















