हर्क साम्पाङको सवारी चालक अनुमति पत्र स्वत: रद्द भैसकेको फेला

प्रतिनिधिसभा सदस्य हर्क साम्पाङको सवारी चालक अनुमति पत्र रद्द भैसकेको भेटिएको छ । यातायात व्यवस्था कार्यालय इटहरीको अभिलेख चेकजाँच गर्दा सम्पाङले २०७१ पुस ६ भन्दा पछि आफ्नो लाइसेन्स नवीकरण नगरेको भेटिएको हो । त्यसबेला उनले आफ्नो श्रेणी (ए)लाइसेन्स जरिवाना सहित नवीकरण गरेका थिए ।

त्यसपछि नवीकरण गर्नुपर्ने अवधिभित्र उनले लाइसेन्स नवीकरण नगरेको भेटिएको स्रोतले जनाएको छ । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा ५७ अनुसार चालक अनुमति पत्र स्वतः रद्द हुने व्यवस्था छ ।

सम्पाङले सन् २००६ मा इटहरीबाट नयाँ लाइसेन्स लिएको र २०१४ पछि नवीकरण नगरेको भेटिएको छ । २०१६ ९२०७३ पुस १२० मा म्याद समाप्त भएको लाइसेन्स उनले अहिलेसम्म नवीकरण गरेका छैनन् ।