रविसँग सभापतिमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका शाहको नाम प्रतिनिधि सूचीबाटै हटाइएपछि….

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सभापतिका लागि उम्मेदवारी घोषणा गरेका भोलाकुमार शाहको नाम महाधिवेशन प्रतिनिधिबाटै हटाइएको छ। शाह बारा क्षेत्र नम्बर ३ का सभापति हुन्। रास्वपाको सभापतिका लागि सामाजिका सञ्जालमार्फत उम्मेदवारी घोषणा गरेपछि आफ्नो नाम महाधिवेशन प्रतिनिधिबाट हटाइएको उनले गुनासो गरेका छन्।

पहिले महाधिवेशन प्रतिनिधिकारुपमा निकालिएको लिष्टमा उनको नाम रहेको थियो। सोमबार साँझ सार्वजनिक भएको अन्तिम नामावलीमा नाम नभएको भन्दै साहले कानुनी उपचार खोज्ने बताएका छन्।