एमाले उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ ।
पौडेलका तर्फबाट पत्नी दोमायाले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमा बिहीबार सुनुवाइ गर्दै न्यायाधीश श्रीकान्त पौडेलको एक इजलासले विपक्षीका नाममा कारण देखाऊ आदेश जारी गरेको हो ।


















