मतदान ढिलो हुनु रास्वपाको समस्या होइन, निर्वाचन आयोगको हो: आशिका तामाङ

राष्ट्रिय स्वतन्त्र पार्टीकी प्रतिनिधि सभा सांसद आशिका तामाङले पार्टीको जारी महाधिवेशनमा मतदान ढिलो हुनुमा पार्टीको नभई निर्वाचन आयोगको कमजोरी रहेको बताएकी छन्। वर्षौंदेखि निर्वाचन आयोगले महाधिवेशनहरू गराउँदै आएको दाबी गर्दै उनले महाधिवेशनस्थलमा पत्रकारहरूसँग कुराकानीका क्रममा भनिन्, ‘यो हाम्रो पार्टीको समस्या होइन। निर्वाचन आयोग जसले परिचालन गर्नुहुन्छ उहाँहरूको समस्या हो।

उहाँहरूले वर्षौंदेखि कांग्रेस, एमाले र माओवादीको महाधिवेशन गरेर आउनु भएको छ। यत्रो महाधिवेशन गर्दा पनि हेर्नु न यो खालको त्रुटि देख्दा, अरूभन्दा जनताले दुःख पाए। यति समयमा मतदान हुन्छ भनेर भन्नुपर्दैन?’