बंगलादेशको पूर्वप्रधानमन्त्री शेख हसिना यसै वर्ष स्वदेश फर्कने घोषणा

बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले आफू यसै वर्ष स्वदेश फर्कने घोषणा गरेकी छन् । मानवताविरुद्धको अपराधसम्बन्धी मुद्दामा अदालतले मृत्युदण्डको सजाय सुनाएको केही महिनापछि उनको यो अभिव्यक्ति सार्वजनिक भएको हो ।

७८ वर्षीया शेख हसिना सन् २०२४ अगस्टमा विद्यार्थी नेतृत्वको जनआन्दोलनपछि आफ्नो १५ वर्ष लामो शासन अन्त्य भएसँगै देश छोडेर भारत पुगेकी थिइन् । त्यसयता उनी सार्वजनिक रूपमा निकै कम देखिएकी छन् ।

सन् २०२४ अगस्टको राजनीतिक परिवर्तनपछि शेख हसिना भारत पुगेसँगै भारत–बंगलादेश सम्बन्धमा तनाव बढेको थियो । बंगलादेशले लगातार भारतसँग हसिनाको प्रत्यर्पणको माग गर्दै आएको छ ।