कञ्चनपुरका पत्रकार खेम भण्डारीलाई प्रहरीले बिहीबार बिहान भीमदत्त नगरपालिका–१८ कटानबाट पक्राउ गरेको छ। अदालतको फैसला कार्यान्वयनका क्रममा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीविरुद्ध निर्मला पन्त बलात्कारपछि हत्या प्रकरणसम्बन्धी विषयमा गाली बेइज्जतीको मुद्दामा कञ्चनपुर जिल्ला अदालतले २०८२ जेठ १ गते दोषी ठहर गरेको थियो।नि
र्मला पन्त प्रकरणमा आफूलाई तथ्यहीन रूपमा जोड्दै समाचार प्रकाशित गरेको भन्दै तत्कालीन एसपी दिल्लीराज बिष्टका छोरा किरण बिष्टले मुद्दा दायर गरेका थिए।
२०७५ साउन १० गते साथीको घर पढ्न जान्छु भनेर निस्केकी १३ वर्षीया निर्मला पन्त भोलिपल्ट भीमदत्त नगरपालिका–१८ स्थित उखुबारीमा मृत फेला परेकी थिइन्। उक्त घटनाको अनुसन्धान अझै निष्कर्षमा पुगेको छैन।



















