१४ जना यात्रु सवार फोर्स गाडी कर्णाली नदीमा खस्यो

सुर्खेतबाट कालिकोटका लागि छुटेको यात्रुवाहक फोर्स गाडी कर्णाली नदीमा खसेको छ । कर्णाली राजमार्ग अन्तर्गत दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिकास्थित साङ्गेतडामा उक्त गाडी दुर्घटना भएको हो । कर्णाली ०३–००१ ख १०५५ नम्बरको उक्त गाडी सडकबाट करिब ५०० मिटर तल नदीमा खसेको हो ।

प्रहरीका अनुसार दुर्घटनास्थलमा उद्धार टोली पुगिसकेको भए पनि गाडी नदीमा डुबेका कारण अहिलेसम्म फेला पर्न सकेको छैन । गाडीमा १४ जना यात्रु सवार थिए ।