श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले सरकारले आफ्नो सय दिनमा जनताले महसुस हुनेगरी काम गर्न नसकेको टिप्पणी गरेका छन् । दार्चुलाको दुर्गम गाउँमा झोलुङ्गेपुल उद्घाटन गरी शुक्रबार काठमाडौं फर्किएका उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीमाझ उक्त प्रतिक्रिया दिएका हुन् ।
महंगी धेरै बढेकाले त्यसको नियन्त्रण गर्न आफूहरूले सरकारलाई सुझाव दिँदै आएको स्मरण पनि उनले गराए । सरकारले सय दिनमा गरेका कामहरूको जनताले महशुस गरेजस्तो आफ्नो अनुभुति नरहेको अध्यक्ष राईको भनाइ छ ।



















