पापको स्रोत र यसको स्वरुप

 

पाप प्रदूषण हो । तनको प्रदूषण, धनको प्रदूषण र मनको प्रदूषणको समष्टि नै पाप हो । पापको स्रोेत लोभ हो । लोभरुपी ग्राहले मानवलाई खान्छ । कालग्रास भनिन्छ यसलाई ! लोभबाट पाप पैदा हुन्छ । पापबाट अधर्मरुपी जरा निस्कन्छ । त्यो जराले गाँजेर दुःखको जन्म हुन्छ । दुःखबाट स्वतः पाप वृद्धि हुन्छ । आफ्नो भरणपोषण, परिवारमा भरणपोषण र समाजमा आपूm उन्नतशील रहन पाप कर्महरु वृद्धि भैरहन्छन् । लोभ बाट पाप, पापबाट अधर्म, अधर्मबाट दुःख हुन्छ । लोभबाट कामोत्तेजना पैदा हुन्छ । कामोत्तेजनाको कारण क्रोध पैदा हुन्छ । क्रोध पछि तनाव पैदा हुन्छ । आवेग–तनाव–क्रोधबाट इष्र्या, मोह, अभिमान पैदा हुन्छ । पदको अभिमान, प्रतिष्ठाको अभिमान, पैसाको अभिमान, परिवारको अभिमान, पुत्र, पुत्री सन्तानको अभिमान, बडप्पनको वृद्धि भैरहेको हुन्छ । कुलको इज्जत र कुलको अभिमानले जरो गाडेपछि क्रमशः मानव र्हिदय शुन्यताको स्थितिमा पुग्न सक्छ ।
लोभबाट क्रमशः कृपणता आउँछ । कृपणताबाट तृष्णाको उदय हुन्छ । तृष्णा विकर्म र अधर्मलाई निम्त्याउँछ । लोभबाट अविश्वास पैदा हुन्छ । हत्तपत्त जो कोहीलाई विश्वास नगर्ने हुन्छ । मनमा चंचलता उत्पन्न भएपछि संसारमा विषयवस्तु प्रति राग बढेर जान्छ । ईश्वर प्रति अनुराग घट्छ । लोभबाट क्षमा हराउँछ । लोभकै कारण लज्जा हराउँछ । लज्जा नियम हो, सामाजिक बन्धन हो । नियम हराएपछि नैतिकता स्वतः दवेर बस्न बाध्य हुन्छ । यसै बखत धर्मको ह्रास हुन्छ । पापको भारी वृद्धि हुन्छ, चिन्ता बढ्छ । अधार्मिकहरुको विगविगी हुन थाल्छ । धार्मिक सज्जनहरु खेदिन लखेटिन थाल्छन् । चिन्ता बढ्दै जाने हुनाले चिन्तन हट्न थाल्छ । मनोमालिन्य वृद्धि हुन्छ । लोभको कारण अरुको धन र तनको मोह पैदा हुन्छ । काम इन्द्रियहरु तीव्र हुन थाल्छन् । जिब्रोले रसको खोजी बढी गर्छ । मिथ्या बोलीबाट आपूm ठूलो हुने प्रयास व्यक्तिले गर्छ । अरुप्रति द्वेष, घृणा, दुर्गूण बढ्दै जान्छ । स्नेह, भातृत्व, क्षमा र दया स्वतः हटेर, घटेर जान थाल्छन् । लोभको स्वरुप अचम्मको हुन्छ । मान्छे बूढो हुन्छ तर लोभ तन्नेरी हुँदै जान्छ । उसको स्वभाव जवानी हुँदै जान्छ । सम्पूर्ण खहरे, नदी, वर्षाकालीन भेलहरु समुद्रमा पुग्छन् । ठीक त्यस्तै धन, पद, प्रतिभा एकोहोरिएर वर्षन थाल्छन् तर पूर्णता प्राप्ति हुँदैन । वर्षाकालीन नदीनालाहरु सोहोरिएर समुदं्रमा पुग्दा पनि समुद्रले पुग्यो भन्दैन ठीक त्यस्तै सबै रुप, प्रतिष्ठा, धन सम्पति सोहोरिएर आए पनि लोभी व्यक्तिले मलाई पुग्यो भनेर कहिल्यै भन्दैन । लोभको वास्तविक स्वरुप देवता पनि जान्दैनन् । मनुष्यपिच्छे लोभको स्वरुप फरक हुन्छ । आवरण अनुसार लोभको स्वरुप फरक हुन्छ । वास्तविक रुप एउटै हुँदैन । परिवेश अनुसार लोभको रुप अलग हुन्छ । लोभको स्वरुप बुभ्mन भने सजिलो छ । यसको स्वरुप दम्भे, द्रोहीपना, निन्दा, चुक्लीे, द्वेष हो, यस्ता अवगुण जसमा पाइन्छ ऊ लोभी हो भन्ने बुभ्mनु पर्ने हुन्छ ।
अज्ञानता र लोभ परिपूरक
लोभ भन्नु अज्ञानता हो, कायरता हो । अज्ञानता एउटा पर्दा हो जसबाट स्वर्ग प्राप्ति हुँदैन । भगवान् प्राप्तिमा छेकवार लाउने काम अज्ञानताले गरिराखेको हुन्छ् लोभले गरेको हुन्छ । नरक भनेको केही होइन । प्रदूषणको नाम नरक हो । नर भनेको मान्छे हो, मान्छेले गर्ने खराबीहरुलाई नरक भनिन्छ । कर्ता स्वयं मनुष्य नै हो । कर्ता ईश्वरलाई विर्सनाले कर्ता हर्ताकर्ता सम्झन्छ । उसले सबै कार्य आपूmले गरेको भन्ने ठान्छ । कर्तृत्वको अभिमान बोकेको हुन्छ । कर्तृत्वको अभिमान बोकुञ्जेल ईश्वरीय सत्तालाई स्वीकार्न सकिन्न । कुविचार नरक हो, कुसंस्कार नरक हो । कुप्रवृत्ति नरक हो । स्वर्ग र नरक हाम्रै वरिपरि छन्, पर होइन, यहीँ छन् । अरुको उन्नति र प्रगतिलाई देख्न नसक्नु त्यसबाट जलन पैदा हुनु लोभको प्रतिकात्मकता हो । अज्ञानताले यस्तो स्वभाव पैदा हुन्छ । लोभ बढ्नु भनेको अज्ञानको वृद्धि हुनु हो भने लोभको मात्रा घट्न जानाले अज्ञानतालाई केही हदसम्म तल झार्न सकिन्छ । लोभ र अज्ञानता एक अर्काका परिपूरक हुन् । जनक राजा, पृथु, अम्बरिष, दधिचिहरुले लोभ गरेनन् । तर हिरण्याक्ष, हिरण्यकशिपु, रावण, कुम्भकर्ण, दन्तवक्र, शिशुपाल, जरासन्धहरुले लोभ गरे तिनीहरु अज्ञानी थिए ।
निराकरणका उपाय ः
धार्मिक मान्यता अनुसार लोभ निराकरणका केही सजिला उपायहरु छन् । इन्द्रिय संयम गरेर, शुभ कर्ममा अग्रसर भएर, खराब कार्यलाई तिरस्कार गरेर, सकारात्मक सोचको वृद्धि गरेर । सकारात्मक सोचले दीर्घजीवी बनाउँछ । रागबाट टाढा हुनेले रोगबाट पनि टाढा रहन सक्छ । आधिको रोग राग हो भने व्याधिको रोग रोग हो । मनमा शान्ति स्थापना गरेर, स्वाध्यायबाट र आनन्द लिएर, क्रोधलाई चेहरामा आउन नदिएर, प्रफुल्ल रहेर, हाँसेर, हसाँएर आफू रुनेले अरुलाई हसाउन सक्तैन । आफू हाँसेमा जगत् हाँस्न सक्छ । आपूmले आपूmबाट मुस्कान प्राप्त गर्न सक्नेले अरुलाई मुस्कान छर्न सक्छ ।
संयमीको लक्षण क्षमा, धीरता, अहिंसा, समता, सत्यतो, सरलता, दक्षता, कोमलता, स्थिरता, उदारता, शान्त स्वभाव, सन्तोष हो । दोष नदेख्ने बानीले प्राणीप्रति दया भाव पैदा हुन्छ । अरुलाई अपमान नगर्ने, निन्दा नगर्ने बानीले संयमीको लक्षण उजागर हुन्छ । मुक्त व्यक्ति त्यही हो जसले सदैव कसैको निन्दा गर्दैन, अरुको प्रशंसाबाट पनि बच्दछ । सबैप्रति मित्रता भाव राख्छ । वैरभाव पटक्कै कसैप्रति गर्दैन । सदाचारी, गुणी, स्नेही, मित्रवत् रहन्छ । देहाभिमानबाट टाढा रहन्छ । प्राणीमा समभाव राख्छ । आपूm अभयी रहन्छ । क्षमाशील बनेर पुण्य आर्जन गर्न सदैव अग्रसर हुन्छ र अरुलाई पनि पुण्य आर्जन गर्न थप बल, प्रेरणा र उत्साह दिन्छ ।