उपसभामुख ठाकुर ३१ असारमा तिब्बत जाने

उपसभामुख रुबीकुमारी ठाकुर चीनको तिब्बत स्वायत्त क्षेत्रमा आयोजना हुने कार्यक्रममा सहभागी हुन जाने भएकी छिन् । उनी ३१ असारमा जाने र ३ साउनमा फर्किने कार्यक्रम तय भएको छ ।उपसभामुखका रूपमा ठाकुरको यो पहिलो विदेश भ्रमण हो ।

कूटनीतिक स्रोतका अनुसार तिब्बतको लिन्जीमा आयोजना हुने ‘ट्रान्स–हिमालयन फोरम’मा सहभागी हुन उनी जान लागेकी हुन् । ठाकुरसँग तिब्बत सरकार र चिनियाँ कम्युनिस्ट पार्टी, तिब्बत क्षेत्रका नेताहरूको पनि भेटवार्ताको तयारी छ ।