रानका पूर्व सर्वोच्च नेता आयातुल्लाह अली खामेनीको राजकीय अन्त्येष्टि समारोहका क्रममा राजधानी तेहरानका सडकहरूमा असाधारण जनसागर उर्लिएको छ । ६ दिनसम्म चल्ने यस अन्त्येष्टि कार्यक्रमको पहिलो दिन शनिबार बिहानैदेखि लाखौँ मानिसहरू अन्तिम दर्शनका लागि तेहरानको ‘इमाम खुमेनी ग्रान्ड मुसल्ला’ मस्जिदमा भेला भएका छन्।
फेब्रुअरी २८ को आक्रमणमा खामेनीका साथै मारिएका उनका परिवारका अन्य सदस्यहरूको ताबुत पनि इरानी झन्डामा लपेटेर मञ्चमा राखिएको थियो। आफ्ना नेता र उनको परिवारको ताबुत देख्नासाथ उपस्थित लाखौँ श्रद्धालुहरू भक्कानिएर रोएका थिए ।
यस क्रममा आक्रोशित भीडले लगातार ‘अमेरिका मुर्दावाद’ र ‘इजरायलमाथि ईश्वरको कहर’ जस्ता नारा लगाउँदै बदलाको माग गरिएका पोस्टरहरू प्रदर्शन गरेका थिए।



















