निर्वाचन समीक्षा र पार्टी पुनर्गठनका लागि सुझाव सङ्कलन गर्न गठित एमाले उपाध्यक्ष रामबहादुर थापा नेतृत्वको कार्यदलको बैठक असार २५ गते बस्ने भएको छ । यसअघि कार्यदलको बैठक असार २२ गते तय भएकोमा मिति परिवर्तन भएको एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख नीरज आचार्यले जानकारी दिए ।
‘कार्यदलको बैठक असार २२ को सट्टा २५ गतेलाई सारिएको छ’, आचार्यले भने- ‘असार २२ मा प्रवास कमिटी र २३ सल्लाहकार कमिटीको सुझाव लिने कार्यतालिका थप भएकाले कार्यदल बैठकको समय परिवर्तन भएको हो ।’
थापा नेतृत्वको कार्यदलको प्रतिवेदनका आधारमा पार्टी पुनर्गठन गर्ने एमालेको तयारी छ । निर्वाचनमा लज्जास्पद हार खाएपछि एमालेमा पुनर्गठन बहस तीव्र छ ।



















