जापानमा १० महिनायता ७२ नेपालीको मृत्यु भएको छ । त्यसमध्ये २८ विद्यार्थीले आत्महत्या गरेका छन् । परराष्ट्र मन्त्रालयका अनुसार गत साउनदेखि असार तेस्रो सातासम्म ७२ नेपालीको ज्यान गएको हो । बिरामी भएर मृत्यु हुनेको संख्या न्यून छ ।
कतिपय मृत्युको कागजातमा कारण खुलाइएको छ तर धेरैजसोमा ‘पत्ता नलागेको’ (कारण नखुलेको)लेखिएका छन् ।



















