चारदिने भ्रमणका लागि चीन पुगे रास्वपा सांसद अमरेश सिंह

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंह चीन भ्रमणमा निस्किएका छन् । पार्टीको नेतृत्वसँग असन्तुष्ट भइरहेका बेला उनी चारदिने भ्रमणको लागि चीन प्रस्थान गरेका हुन् ।

बुधबार चीन प्रस्थान गरेका उनी शनिबार फर्किने जानकारी उनीनिकट स्रोतले दिएको छ । तर, उनी कुन कार्यक्रमको लागि गएको भन्ने खुलाइएको छैन ।

यद्यपि, रास्वपा नेतृत्वको सरकारका गतिविधि र रास्वपाको महाधिवेशनका बेला सिंह असन्तुष्ट बनेका थिए । सात दिनसम्म चितवनमा महाधिवेशन भए पनि अमरेश सहभागी भएका थिएनन् । संसदबाटै सिंहको सरकारको कार्यसम्पादनप्रति तीव्र असन्तुष्टि जनाएका थिए ।

उनै असन्तुष्ट अमरेशको चीन भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।