विष्णु पाैडेल थप पाँच दिन थुनामै रहने

नेकपा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेलविरुद्धको सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा पुनः ५ दिन म्याद थप भएको छ । विशेष अदालका न्यायाधीश नारायण प्रसाद पौडेल र विदुर कोइरालाको इजलासले बुधबार पौडलको अनुसन्धानका लागि थप ५ दिन म्याद थप्न आदेश दिएको हो ।

योसँगै पौडेलविरुद्ध चौथोपटक म्याद थप भएको छ ।