गाईलाई हटाएर गैँडालाई राष्ट्रिय जनावर बनाउन प्रस्ताव

आदिवासी जनजाति आयोगले गैँडालाई राष्ट्रिय जनावर बनाउन प्रस्ताव गरेको छ। संविधान संशोधनका लागि २५ बुँदे प्रस्ताव अगाडि सार्दै आयोगले राष्ट्रिय जनावर गाईलाई हटाएर गैँडा बनाउने प्रस्ताव गरेको हो।

आयोगले पत्रकार सम्मेलन गर्दै समय र परिस्थिति अनुसार जन आकांक्षा सम्बोधन गर्न र नयाँ शासन सञ्चालनका पुराना व्यवस्थालाई प्रभावकारी र परिवर्तनीय बनाउन संविधान संसोधन आवश्यक परेको भन्दै २५ बुँदे संविधान संशोधन प्रस्ताव प्रतिवेदन सार्वजनिक गरेको छ ।

आयोगले धारा–९ को उपधारा २ र ३ मा प्रदेश अनुसार सरकारी कामकाजको लागि तोकिएको भाषामा राष्ट्रिय गान गाउने व्यवस्था गर्न सकिने र राष्ट्रिय जनावर गाईको सट्टा गैँडा हुनेछ भन्ने प्रस्ताव गरेको हो।