कलाकार दीपाश्री निराैलालाई ब्रेन ट्यमर भएको छ । यसै साता ब्रेन ट्युमर पत्ता लागेपछि काठमाडाैंको अन्नपूर्ण न्यूरो अस्पतालमा उनको सफल शल्यक्रिया भएको छ ।
सुटिङका क्रममा असहज भएपछि अस्पताल जाँदा निराैलालाई ब्रेन ट्युमर भएको पत्ता लागेपछि चिकित्सकको सल्लाहमा तत्कालै शल्यक्रिया गरिएको हो ।
उनको स्वास्थ्य अवस्था सुधार हुँदै गएको कलाकार दीपकराज गिरीले जानकारी दिएका छन् । हाल निराैलालाई जनरल वार्डमा सारिएको पनि उनले जानकारी दिए ।


















