मध्यपूर्व तनाव बढेपछि तेलको मूल्यमा उछाल, एकैदिन करिब ४ प्रतिशतले वृद्धि

रणनीतिक रूपमा महत्त्वपूर्ण हर्मुज जलमार्ग क्षेत्रमा अमेरिका र इरानबीच सैन्य तनाव चुलिएपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य उल्लेख्य रूपमा बढेको छ ।

सोमबार ब्रेन्ट क्रुडको मूल्य ४ प्रतिशतभन्दा बढीले बढेर प्रतिब्यारेल ७९.२९ अमेरिकी डलर पुगेको छ, जुन हालका महिनाकै उच्च स्तर हो । अमेरिकी सेनाले इरानभित्रका सैन्य लक्ष्यहरूमा हवाई आक्रमण गरेपछि इरानले यूएई, कतार, कुवेत, ओमान र बहराइनतर्फ क्षेप्यास्त्र तथा ड्रोन आक्रमण गरेको जनाएको छ।

पछिल्लो द्वन्द्वका कारण हर्मुज जलमार्ग हुँदै हुने समुद्री यातायात प्रभावित भएको छ भने कच्चा तेलको मूल्य पनि द्वन्द्वअघिको तुलनामा झन्डै ९ प्रतिशतले बढेको छ।