सांसदहरूले ६० दिनभित्र सम्पत्ति विवरण बुझाउनुपर्ने

संघीय संसद सचिवालयले सांसदहरूको सम्पत्ति विवरण माग गरेको छ । शुक्रबार एक सूचना जारी गर्दै सचिवालयले आर्थिक वर्ष २०८२/०८३ को सम्पत्ति विवरण बुझाउन भनेको हो । सांसदहरूको आफ्नो वा परिवारको नाममा रहेको सम्पत्तिको स्रोत वा निस्सासहितको अद्यावधिक विवरणलाई खामबन्दी गरी विवरण बुझाउन भनिएको हो ।

भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५० को उपदफा १ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा ३१ को उपदफा (१) प्रयोजनार्थ ६० दिनभित्र सम्पत्ति विवरण बुझाउन भनिएको छ ।

सांसदहरूलाई १ साउनदेखि आगामी २९ भदौसम्ममा विवरण बुझाउन निर्देशन दिइएको हो ।

1784263888-1784282388.jpg