साताको कारोबारको पहिलो दिन आज (आइतबार) सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसाय महासङ्घका अनुसार आज छापावाला सुन तोलामा १ हजार ९०० रुपैयाँले बढेको हो ।
जस अनुसार आज छापावाला सुन नेपाली बजारमा प्रतितोला दुई लाख ८४ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यता आज चाँदी पनि तोलामा ४० रुपैयाँले बढेर प्रतितोला ४ हजार २४० रुपैयाँमा कारोबार भइरहेको छ ।


















