इरानका सर्वोच्च नेता मोज्तबा खामेनीले अमेरिकालाई कहिल्यै ‘बिर्सन नसकिने पाठ’सिकाउने चेतावनी दिएका छन् । इरानी सरकारी टेलिभिजनमा प्रसारित एक कार्यक्रममा उद्घोषकले सर्वोच्च नेता खामेनीको एउटा नयाँ लिखित सन्देश वाचन गर्दै उक्त चेतावनी दिएका हुन् ।
सन्देशमा भनिएको छ, ‘सम्झौताको उल्लङ्घनले अमेरिकी राष्ट्रपतिको हस्ताक्षरको कुनै महत्त्व वा विश्वसनीयता नरहेको कुरा फेरि एकपटक प्रमाणित गरिदिएको छ। अमेरिकाले पुनः आफ्नो वास्तविक अनुहार विश्वसामु छर्लङ्ग पारेको छ। उसका यी कदमहरूले अमेरिकी नीतिहरू झूटो, अविश्वसनीय र धोकाले भरिएका छन् भन्ने कुरा पुष्टि गर्छन्।’
सर्वोच्च नेता खामेनीले यदि अमेरिकाले युद्ध भड्काउने प्रयास गरेमा ठूलो क्षति बेहोर्नुपर्ने चेतावनी समेत दिएका छन्। सन्देशमा उल्लेख भएअनुसार, इरान र उसका सहयोगी राष्ट्रहरूले अमेरिकालाई यस्तो जवाफ दिनेछन्, जसलाई अमेरिकालेक लामो समयसम्म सम्झिरहनेछ। पदभार सम्हालेयता खामेनी सार्वजनिक रूपमा नदेखिएको र उनका सबै सन्देश हालसम्म लिखित रूपमा मात्र सार्वजनिक हुँदै आएका छन्।


















