एमाले संसदीय विभागको कार्यक्रम च्यासलमा सुरु, अध्यक्ष ओलीले प्रशिक्षण दिने

नेकपा (एमाले) संसदीय विभागको कार्यक्रम पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको छ । कार्यक्रममा पार्टीका शीर्ष नेताहरू, संघीय तथा प्रदेश सांसद र विभागका पदाधिकारीहरूको सहभागिता रहेको एमालेले जनाएको छ ।

कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीले सांसदहरूले संसदमा निर्वाह गर्नुपर्ने भूमिकाबारे मार्गनिर्देशन गर्ने एमालेले जनाएकाे छ । यसैगरी, महासचिव शंकर पोखरेलले पार्टीको नीति र सांसदहरूको भूमिकाका विषयमा प्रकाश पार्नेछन् भने संसद सचिवालयका पूर्वसचिव हर्कराज राईलगायतले संसदीय प्रक्रिया र अभ्यासबारे प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।