फेसबुकमा प्राविधिक समस्या

सामाजिक सञ्जाल फेसबुकमा प्राविधिक समस्या देखिएको छ । विशेषगरी डेस्कटप (वेब ब्राउजर) प्रयोगकर्ताले पेज तथा व्यक्तिगत खाता खोल्न खोज्दा ‘अस्थायी रूपमा उपलब्ध छैन’ भन्ने सन्देश देखिएको छ।

हाल समस्याको कारणबारे फेसबुकको मूल कम्पनी मेटाले कुनै आधिकारिक जानकारी दिएको छैन। प्राविधिक समस्या समाधानका लागि काम भइरहेको अनुमान गरिएको छ।