नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाइएको अतिरिक्त कर हटाउने प्रधानमन्त्रीको घोषणा सकारात्मक भए पनि निर्णय प्रक्रियामा विधि मिचिएको भन्दै आपत्ति जनाएका छन् ।
सामाजिक सञ्जालमार्फत निर्णय सार्वजनिक गर्नु सरकारको कमजोरी भएको टिप्पणी गर्दै उनले विधि र प्रक्रिया पूरा नगरी गरिएको घोषणाले सरकारको नियतमाथि प्रश्न उठाएको बताए ।
विगतमा पनि मन्त्रिपरिषद्को निर्णयमार्फत करका दरहरू हटाइएका अभ्यास रहेको स्मरण गराउँदै उनले क्याबिनेट बैठकबाटै आधिकारिक निर्णय गर्न आग्रह गरे।


















