शब्द रचनाकार महर्जनकाे नयाँ आधुनिक गीति “ जवानीको जोशमा” सार्वजनिक

काठमाडाैं । शब्द रचनाकार तिर्थमान महर्जनकाे नयाँ आधुनिक गीति एल्बम “ जवानीको जोशमा” सार्वजनिक भएकाे छ ।

असार १२ गते इलिसा महर्जनको युट्युव च्यानल मार्फत सार्वजनिक गरिएकोे गीति एल्बममा ६ वटा गीत समावेश गरिएकाे छ । यस गीतप एल्बममा संगितकारहरुमा अनिल तुलाधर, शिव शाही र दुर्गा लामा रहेका छन् । नेपालभाषाका चर्चित गायिका रत्नशोभा महर्जन, गायिका शिर्पा खड्गी, तथा गायक सुरेन्द्र अमात्यकाे सुमधुर स्वर रहेकाे छ । संगितकार शिव शाही र दुर्गा लामाको समेत स्वर सुन्न सकिनेछ ।

यस गीति एल्बममा रचनाकार स्वय्मले समेत एउटा नयाँ गीतमा स्वर दिएर गायकको रुपमा परिचय दिएकाे छ । सुम्धुर स्वरले भरिएकाे यस गीति एल्बमकाे म्युजिक भिडियो बनाउन प्रोड्युसरको खोजिमा छ । यस प्रकार रहेकाे छ गीति एल्बममा समावेश भएकाे गीतहरू :

१. जवानीको जोशमा

संगीत : अनिल तुलाधर

गायक : शिर्पा खड्गी

२. आज मेरोे तिमिसंग

संगीत : शिब शाही

गायक : शिब शाही

३. कता तिर हिडेको मैच्याङ्ग (यु ट्युबमा ख्म्इ)

संगीत : दुर्गा लामा

गायक : दुर्गा लामा , रत्नशोभा महर्जन

४. तिमी पनि काले म पनि काले

संगीत : शिव शाही

गायक : तिर्थमान महर्जन

५. डम्फु नै बोकि यो च्याङ्गवा नाच्यो

संगीत : दुर्गा लामा

गायक : सुरेन्द्र अमात्य

६. पैसा हे पैसा (युट्युबमा ख्म्इ)

संगीत : शिव शाही

गायक : शिर्पा खड्गी रहेका छन् ।