विभिन्न होल्डिङ सेन्टरमा रहेका भूमिहीन सुकुम्वासीहरूले शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेन्टी नभएसम्म काठमाडौं नछाड्ने बताएका छन्। सरकारले नदी किनारबाट हटाइएका सुकुम्वासी परिवारलाई नागरिकतामा उल्लेख भएको स्थायी ठेगानामा व्यवस्थापन गर्ने प्रक्रिया अघि बढाएपछि उनीहरूले माइतीघरमा प्रदर्शन गर्दै यस्तो चेतावनी दिएका हुन्।
नागरिक बचाउ महाअभियान, सुकुम्वासी समायोजन समितिको नेतृत्वमा भएको प्रदर्शनका सहभागीहरूले शीघ्र पहिचान, प्रमाणीकरण र स्थायी व्यवस्थापन गर्नुपर्ने, कानून बमोजिम जग्गाधनी पुर्जा दिनुपर्ने, सम्मानपूर्वक बाच्न पाउने अधिकारको संरक्षण गर्नुपर्ने लगाएका माग राखेका छन् ।


















