पटक–पटक बत्ती गएपछि नेपाली कांग्रेसको कार्यक्रम प्रभावित भएको छ । राजधानीमा आयोजित कार्यक्रममा सभापति गगन थापाले भाषण गरिरहँदा बिजुली काटिएपछि कार्यक्रम प्रभावित भएको हो ।
सम्बोधनका क्रममा सभापति थापाले सरकारमा रहेका कालोवस्त्रधारीहरूले संविधानविपरीत गतिविधि गरिरहेको आरोप लगाएका थिए । लगत्तै बिजुली काटिएपछि उनले सम्बोधन रोक्नुपरेको थियो ।
उनको सम्बोधनको सुरुमै पनि प्राविधिक समस्या आएको थियो ।


















