देशका विभिन्न जिल्लाबाट काठमाडौं आइपुगेका लघुवित्त तथा वित्तीय शोषणपीडित किसान–मजदुरले काठमाडौंमा ‘राजधानी मार्च’ गरेका छन् ।
लघुवित्त तथा वित्तीय शोषणविरुद्ध किसान–मजदुर आन्दोलन नेपालको आयोजनामा बल्खुबाट सुरु भएको मार्च विभिन्न सडक हुँदै भद्रकालीसम्म पुग्ने कार्यक्रम रहेको छ ।
आयोजकका अनुसार भद्रकालीमा मार्चको समापनसँगै कोणसभा आयोजना गरिनेछ ।


















