जिल्ला प्रशासन कार्यालय मोरङले जिल्लाभर अर्को सूचना जारी नभएसम्म डिजेको प्रयोग गर्न निषेध गरेको छ । मंगलबार जारी सूचनाअनुसार मेला, महोत्सव, विवाह, पार्टी, चाडपर्व, धार्मिक कार्यक्रम, पुराणलगायत कुनै पनि सार्वजनिक कार्यक्रममा डिजे बजाउन पाइने छैन ।
प्रशासनले आदेश उल्लंघन गरी डिजेको प्रयोग गरे वा गराएको पाइए कानुनबमोजिम कारबाही गरिने सहायक प्रमुख जिल्ला अधिकारी पवनराज कोइरालाले जनाएका छन्।


















