इरानले मध्यपूर्वमा रहेका अमेरिकी सैन्य अड्डाहरूलाई लक्षित गर्दै ब्यालिस्टिक मिसाइल प्रहार गरेको अमेरिकी सेनाले जनाएको छ । अमेरिकी सेन्ट्रल कमान्डका अनुसार मंगलबार स्थानीय समयअनुसार भएको आक्रमणमा प्रहार गरिएका सबै मिसाइल सफलतापूर्वक अवरुद्ध गरिएको छ । अमेरिकी पक्षले विशेष गरी जोर्डनस्थित सैन्य अड्डाहरूलाई निशाना बनाइएको र घटनाले दुई देशबीचको अस्थायी युद्धविराम भंग गरेको दाबी गरेको छ।
आक्रमणपछि अमेरिकी सेना उच्च सतर्कतामा राखिएको जनाइएको छ।इरानले घटनाबारे अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन। अमेरिकी दाबीअनुसार यो घटना युद्धविरामकै बीचमा भएको हो भने होर्मुज जलमार्गको पहुँच र नियन्त्रण वार्ताको मुख्य विवादित विषय बनेको छ । मिसाइल आक्रमण इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूको वासिङ्टन भ्रमणकै क्रममा भएको हो।


















