पर्साका एसपी पाठक फेरिए, काठमाडौंबाट पठाइयो पवन भट्टराई

जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख तथा एसपी सुदीप पाठक काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरी सरुवा गरिएको छ । पर्साका एसपीमा जिल्ला प्रहरी परिसर काठमाडौंमा कार्यरत एसपी पवनकुमार भट्टराईलाई पठाइएको छ । चिकित्सकहरूले एसपी, सीडीओ सरुवा गर्नुपर्ने भन्दै आन्दोलन नै गरेका थिए ।

वीरगञ्जस्थित नारायणी अस्पतालमा चिकित्सकमाथि दुर्व्यवहारको घटनाको छलफलमा बसेका चिकित्सकको वार्ता टोलीलाई एसपी पाठकको सरुवा हुनुपर्ने माग गरेका थिए ।

यसअघि जिल्ला प्रहरी कार्यालय पाल्पाको प्रमुख रहेका एसपी भट्टराईलाई जेनजी आन्दोलनपछि काठमाडौं ल्याइएको थियो । अपरेसन तथा फिल्ड कमान्डमा निकै पोख्त मानिने भट्टराईलाई जेनजी आन्दोलनपछि काठमाडौंको सुरक्षा चुनौती बढेको भन्दै सरुवा गरिएको थियो ।

एसपी भट्टराईको ठाउँमा भने दानबहादुर थापाको सरुवा गरिएको छ । उनी सीआईबीमा कार्यरत थिए ।