राष्ट्रपति रामचन्द्र पौडेल र सभामुख डोलप्रसाद अर्यालबीच भेटवार्ता भएको छ। सभामुख आर्याल बिहीबार राष्ट्रपति पौडेल भेट्न राष्ट्रपति भवन शीतल निवास पुगेका हुन् ।
भेटमा सभामुख अर्यालले राजनीतिक परिस्थिति र संसदीय गतिविधिबारे जानकारी गराएको राष्ट्रपतिको सचिवालयले जनाएको छ । यसअघि सभामुख अर्यालले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेटेका थिए ।


















