जनकपुरमा कर्फ्यु लाग्यो

दुई समुदायबिचको तनाव बढेपछि धनुषाको जनकपुरस्थित सहरी क्षेत्रमा कर्फ्यु आदेश जारी भएको छ । प्रमुख जिल्ला प्रेम प्रसाद लुइँटेलले बिहीबार दिउँसो साढे ३ बजेदेखि लागू हुनेगरी कर्फ्यु आदेश जारी भएको रातोपाटीलाई बताए ।

जिल्ला सुरक्षा समितिको बैठकले उक्त निर्णय गरेको उनले बताए । यसैगरी सिरहाको गोलबजार आसपासका क्षेत्रमा पनि स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ।

जिल्लाको पछिल्लो सुरक्षा स्थितिको विश्लेषणका आधारमा आन्दोलन तथा हुलदङ्गा भई शान्ति भङ्ग हुन जाने देखिएपछि जिल्ला सुरक्षा समितिको निर्णय अनुसार कर्फ्यु लगाइएको हो।