वीरगन्जमा कहाँ कहाँ लाग्यो निषेधाज्ञा ?

वीरगन्जमा निषेधाज्ञा थप भएको छ । शुक्रबार बेलुक ५ बजे देखि शनिबार बिहान ६ बजे सम्म भेला, प्रदर्शन जुलुस गर्न नपाइने स्थानीय प्रशासनले जनाएको छ ।

बिहीबार पनि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको थियो । पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालले जारी गरेको निषेधाज्ञा अनुसार पूर्वमा प्रतिमा चोक, बसपार्क बाइपास रोड, पश्चिममा तिलावे पुल, उत्तरमा गण्डक चोक र दक्षिणमा शंकराचार्य गेट क्षेत्रमा पाँच जना भन्दा बढी भेला, जुलुस र प्रदर्शन गर्न रोक लगाइएको छ ।

सुनसरी घटनापछि मधेसका विभिन्न जिल्लामा तनाव उत्पन्न भएपछि त्यसको असर वीरगन्जमा पनि परेको छ । त्यहाँ स्थानीयले मसाल जुलुस र प्रदर्शनहरू गर्दै आएका छन् ।

758395322_2080197959284135_3496942952749322121_n