अग्निचक्र मासिकले आफ्नो प्रकाशनको सत्रौँ वर्ष पार गरेर १८औं वर्ष प्रवेश गरेको छ। वर्ष १८, अङ्क १, साउन २०८३ प्रकाशन भएको खुसियालीको अवसर पारेर राजधानी काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रमका बीच अग्निचक्र १७७ औं अङ्कमा प्रकाशित डा. दीनबन्धु शर्मा विशेष-अंकबारे अग्निचक्रको परिचर्चा कार्यक्रम वरिष्ठ साहित्यकार एवम् पत्रकार श्रीओम श्रेष्ठ ‘रोदन’को सभापतित्वमा सम्पन्न भएको छ । अग्रज साहित्यकार भागीरथी श्रेष्ठको प्रमुख आतिथ्यमा डा. दीनबन्धु शर्मा विशेष-अंकमा लेख लेख्ने सबै लेखकहरूले शुभकामना आदानप्रदान गरेर डा. शर्मालाई ६४ औं जन्मदिनको शुभकामना समेत दिनु भएको थियो ।
कार्यक्रममा बोल्ने क्रममा चर्चित लघुकथाकार खेमराज पोखरेल, डा. अनुपमा रेग्मी, शालिग्राम शर्मा, शेषनाथ पौडेल, मन्दिरा मधुश्री, मणिराज राई, चूडामणि पौड्याल, प्राडा नारायण चालिसे लगायतका शिक्षासेवी तथा साहित्यकारहरूले डा. दीनबन्धु शर्मालाई हार्दिक बधाई तथा शुभकामना दिँदै डा.शर्माले नेपाली साहित्य र शिक्षाको क्षेत्रमा पुर्याउनु भएको अतुलनीय योगदानको खुलेर प्रशंसा गर्नुभएको थियो। डा. दीनबन्धु शर्मा विशेष-अंक प्रकाशन गरेर अग्निचक्रले डा. शर्माको सम्मान गरेको कुरा अधिकांश वक्ताहरुले बताए । डा. शर्माका प्रकाशित सबै साहित्यिक योगदानहरू एवं दर्जनौं पाठकहरूको अनुरोधलाई ध्यान दिँदै यसपटक विशेषङ्क प्रकाशित गरेको कुरा कार्यक्रममा अग्निचक्रका प्रकाशक तथा सम्पादक लक्ष्मीनारायण भट्टराईले बताए । डा. दीनबन्धु शर्माको जीवन, योगदान र उज्यालोलाई यो विशेषाङ्क मार्फत साहित्यिक सम्मानको रुप दिनु अग्निचक्रको धर्म हो भन्ने कुरा सम्पादकीयमा स्पष्टका साथ सम्पादकले लेखेको पाइयो। यस अवसरमा अग्निचक्र परिवार र डा. शर्मा परिवारलाई हाम्रो पनि बधाई छ । के छ त यो विशेषाङ्कमा ? हेरौं यसको पिडिएफ……


















