कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई राजीनामा दिन एमालेले निर्देशन दिएको छ । एमाले कोशी प्रदेशका इन्चार्जसमेत रहेका केन्द्रीय सचिव शेरधन राईले शनिबार कार्कीसँग भेट गरेर राजीनामा दिन आग्रह गरेका हुन् ।
जवाफमा मुख्यमन्त्री कार्कीले आफू विधि र प्रक्रियाको पक्षमा रहेको भन्दै पार्टीको संस्थागत निर्णय नआएसम्म राजीनामा नदिने अडान दोहोर्याएको स्रोतको दाबी छ । शनिबार विराटनगर आइपुगेलगत्तै इन्चार्ज राई नयाँ सरकार गठनका लागि सक्रिय बनेका हुन् ।


















