धमाधम नियुक्त हुँदै सांसदका स्वकीय, योग्यतामा स्नातक अनिवार्य

सांसदहरूले स्वकीय सचिव नियुक्त गर्न थालेका छन् । नियुक्त भएका सांसदका स्वकीय सचिवको विवरण संसद् सचिवालय पुग्न थालेको हो ।संसद् सचिवालयले सांसदका स्वकीय सचिव नियुक्तिको जानकारी आउनेक्रम जारी रहेको बताएको छ ।

यसपटक सांसदका स्वकीय सचिव नियुक्त हुन योग्यतामा स्नातक अनिवार्य छ ।कुन तहको कर्मचारी भनेर राजपत्रमा प्रकाशित सूचनामै खुलाइएको छ ।