मेडिकल व्यवसायी दुर्गा प्रसाईँले वर्तमान राजनीतिक व्यवस्था र सरकारविरुद्ध पुनः सशक्त आन्दोलन गर्ने घोषणा गरेका छन्। काठमाडौँमा आइतबार पत्रकार सम्मेलन गर्दै प्रसाईँले वर्तमान लोकतान्त्रिक भनिने व्यवस्थामा अभिव्यक्ति स्वतन्त्रता खोसिएको र विचार मानिने लोकतन्त्रमा नागरिकका आधारभूत अधिकार समेत कुण्ठित गरिएको बताए।
उनले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको उपदेश स्मरण गर्दै नेपाल सबै जातजाति र वर्गको साझा फूलबारी भएको बताए । उनले सरकार र सत्तापक्षीय नेताहरूले आफ्ना मान्छे खडा गरेर नक्कली सहमति र प्रपञ्च रचिरहेको आरोप समेत लगाए ।
प्रसाईँले आफूहरूको आन्दोलन कुनै धर्म वा समुदाय विशेषको विरुद्ध नभई सिङ्गो व्यवस्था परिवर्तनका लागि भएको प्रस्ट पारे। उनले पूर्ववर्ती सरकार र सम्झौताहरूको प्रसङ्ग जोड्दै किरात र बौद्ध धर्मसहितको वैदिक सनातन हिन्दु अधिराज्य र राजसंस्थाको पुनर्बहाली नै आफूहरूको मुख्य एजेण्डा भएको दोहोर्याए। प्रसाईँले संविधान संशोधन गरी उच्चस्तरीय कार्यदल मार्फत आफ्ना मागहरू सम्बोधन नभए व्यवस्था ढाल्नेसम्मको चेतावनी दिए।
t
प्रसाईँले नेपालका सम्पूर्ण बुद्धिजीवी, पत्रकार, र नागरिकहरूलाई देशको अस्तित्व जोगाउन र हिन्दु राष्ट्र पुनर्बहालीका लागि एकै ठाउँमा उभिन अपिल गरेका छन्।


















