इरानी राष्ट्रपति मसुद र सर्वोच्च नेता मोज्तबाबीच सात घण्टा कुराकानी

इरानी राष्ट्रपति मसुद पेजेस्कियनले सर्वोच्च नेता आयतल्लाह मुज्तबा खामेनेईसँग करिब सात घण्टा लामो भेटवार्ता भएको बताएका छन् । भेट कहाँ भएको हो भन्नेबारे भने उनले जानकारी दिएका छैनन्। भेटमा जनताको जीविकोपार्जन, बजारको अवस्था, रोजगारी, आवास तथा प्रतिबन्धका कारण उत्पन्न समस्याबारे छलफल भएको जनाइएको छ ।

गत मार्चमा खामेनेई सर्वोच्च नेता नियुक्त भएपछि पेजेस्कियनले उनीसँग भेटेको जानकारी दिएको यो दोस्रो पटक हो । अमेरिकी–इजरायली आक्रमणमा आफ्ना पिताको मृत्यु भएपछि मुज्तबा खामेनेई सर्वोच्च नेता बनेका हुन् । सोही आक्रमणमा घाइते भएको ठानिएका उनी त्यसयता सार्वजनिक रूपमा देखिएका छैनन् ।