अनशनमा बसेका यादवलाई ध्यान दिन आग्रह

अनशनमा बसेका विनय यादवको बिग्रदो स्वास्थलाई बेलैमा ध्यान दिन सरकारसँग माग गरिएको छ ।राष्ट्रिय मानवअधिकार आयोगले काठमाडौँको माइतीघरमा अनशन बसेका यादवको स्वास्थ्य अवस्था बुझेपछि उनको स्वास्थ्यमा ध्यान पुर्याउन सरकारसँग माग गरिएको हो । सुनसरी देवानगञ्ज घटनाको निष्पक्ष छानबिन गर्न माग गर्दै यादव १२ दिनदेखि अनशनमा रहेको छ ।

आयोगका प्रवक्ता डा टीकाराम पोखरेले जारी गरेको विज्ञप्तिमा अनशनरत व्यक्तिको स्वास्थ्य अवस्थाप्रति संवेदनशील भई प्रभावकारी स्वास्थ्य उपचारका लागि पहल गरी निजको जीवनरक्षा गर्न र वार्ताको माध्यमबाट समस्याको समाधान गर्न आयोग नेपाल सरकारलाई आग्रह गर्दछ भनिएको छ ।