नेकपा एमालेका नेता महेश बर्तौलाले नवनिर्वाचित संसदको कार्यकाल प्रारम्भ भएको चार महिनामै संसदको बैठकमा गणपूरक संख्या नपुगेर प्रतिनिधिसभाको बैठक नै रोक्नुपर्ने अवस्था सिर्जना हुनु लज्जाको विषय भएको बताएका छन् ।
यसले संसदीय काम कारबाहीप्रति सांसदहरूको उदासीनता र गैरजिम्मेवारीपन उजागर गरेको उनको टिप्पणी छ । उनी भन्छन्, ‘यो कुनै सुखद लक्षण समेत होइन ।’ मंगलबार प्रतिनिधिसभाको बैठकमा गणपूरक संख्याको अभावमा खानी तथा खनिज पदार्थ विधेयक २०८३ माथि विचार गरियोस् भन्ने सरकारी प्रस्तावसमेत निर्णयार्थ पेश हुन सकेन ।


















