दुई सचिवले दिए राजीनामा

सरकारले बहालवाला दुई सचिवहरुको राजीनामा स्वीकृत गरेको छ । मन्त्रिपरिषदको मंगलबारको बैठकले सचिवहरू कमलप्रसाद पोखरेल र बाबुराम अधिकारीको राजीनामा स्वीकृत गरेको हो ।

पोखरेल हालै सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सचिव थिए भने बाबुराम अधिकारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा कार्यरत थिए ।