भारतका पूर्वप्रधानन्यायाधीश डीवाई चन्द्रचूडको रुस–युक्रेन विवादसँग जोडिएको एउटा ठूलो अन्तर्राष्ट्रिय मध्यस्थता मामिलामा प्रवेश भएको छ ।रुसले उनलाई युक्रेनको सरकारी बैंक ‘ओसचाडबैंक’ का तर्फबाट दायर लगानी विवादमा आफ्नो मध्यस्थ नियुक्त गरेको छ। यस मामिलामा बैंकले रुसविरुद्ध सयौँ मिलियन डलरको दाबी गरेको छ ।
यो जानकारी ‘ग्लोबल आर्बिट्रेसन रिभ्यु’ को प्रतिवेदनलाई उद्धृत गर्दै सार्वजनिक भएको हो। यो विवाद रुस र युक्रेनबिच सन् १९९८ मा भएको द्विपक्षीय लगानी सम्झौता अन्तर्गत चलिरहेको मध्यस्थता कारबाहीसँग सम्बन्धित छ।
ओसचाडबैंकको दाबी युक्रेनका डोनेत्स्क, लुहान्स्क, खेरसोन र जापोरिज्जिया क्षेत्रमा रहेका आफ्ना सम्पत्ति र व्यावसायिक गतिविधिमा भएको कथित क्षतिसँग सम्बन्धित छ।


















