सुरु भयो कांग्रेस इतर समूहको राष्ट्रिय भेला

नेपाली कांग्रेसको संस्थापन इतरको राष्ट्रिय भेलामा निवर्तमान सभापति शेरबहदुर देउवा पुगेका छन् । काठमाडाैंको सुकेधारमा रहेको मिराकल पार्टी भेन्युमा भइरहेको कार्यक्रममा प्रमुख अतिथिको रूपमा देउवा सहभागी भएका हुन् ।

सर्वोच्चले पार्टीको आधिकारिकता विवादलाई पुनरावलोकन गर्न अनुमति दिएसँगै संस्थापन इतरसमूहले काठमाडौंमा शक्ति प्रदर्शन गर्दै राष्ट्रिय भेला आयोजना गरेको हो ।