भारतीय प्रधानसेनापति धिरज सेठ काठमाडौँमा

भारतीय सेनाका प्रमुख जनरल धिरज सेठ चारदिने नेपाल भ्रमणका क्रममा आइतबार काठमाडौं आइपुगेका छन् । प्रधानसेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणामा नेपाल आएका सेठले भ्रमणका क्रममा उच्चस्तरीय भेटघाट तथा विभिन्न कार्यक्रममा सहभागी हुनेछन् ।

उनको भ्रमणका क्रममा नेपाल र भारतबीचको सैन्य सम्बन्ध तथा आपसी सहकार्यका विषयमा छलफल हुने बताइएको छ । भारतीय सेना प्रमुख सेठ बुधबार स्वदेश फर्किने कार्यक्रम रहेको छ ।