माओवादी केन्द्रद्वारा भ्रष्टाचार, मिटर ब्याज र भूमाफियाविरुद्ध ‘जनकारबाही’को चेतावनी

नेपाल कम्युनिष्ट पार्टी (माओवादी)ले भ्रष्टाचार, दलाल–तस्कर, मिटर ब्याज तथा भूमाफियाविरुद्ध ‘जनकारबाही’ गर्ने चेतावनी दिएको छ। पार्टीका महासचिव गोविन्दले जारी गरेको प्रेस विज्ञप्तिमा सरकार जनताको समस्या समाधान गर्न असफल भएको आरोप लगाइएको छ। विज्ञप्तिमा सरकारका कारण जनताको समस्या झन् बढ्दै गएको भन्दै भ्रष्टाचार र अनियमितताविरुद्ध कडा कदम चाल्ने चेतावनी दिइएको हो।

माओवादीले जनताका समस्या समाधान गर्नुको सट्टा राज्यसत्ता दमनमा केन्द्रित भएको आरोप लगाउँदै भ्रष्टाचार, दलाल–तस्कर, मिटर ब्याज, भूमाफिया तथा विचौलियाविरुद्ध जनकारबाही अघि बढाउने जनाएको छ। विज्ञप्तिमा पार्टीका नेता तथा कार्यकर्तालाई समेत भ्रष्टाचार तथा अनियमितताविरुद्ध सक्रिय हुन आह्वान गरिएको छ। माओवादीले आफ्ना गतिविधि र अभियानबारे नेपाली जनसमुदाय, युवा, विद्यार्थी तथा आम नागरिकलाई जानकारी गराउने जनाएको छ।

सरकारले मिटर ब्याजलगायतका विषयमा यसअघि पनि विभिन्न पहल तथा कानुनी प्रक्रिया अघि बढाएको देखिन्छ।