कुमारी बैंक लिमिटेड र हेल्भेटास नेपालबीच हरित उद्यम तथा हरित मूल्य शृंखलामा संलग्न व्यवसायको वित्तीय पहुँच विस्तार गर्न समझदारीपत्रमा हस्ताक्षर भएको छ। सम्झौतामा कुमारी बैंकका प्रमुख मार्केटिङ तथा लगानी अधिकृत चन्दन कार्की र हेल्भेटास नेपालका कन्ट्री डाइरेक्टर मनीष प्रधानले हस्ताक्षर गरेका छन्।
सहकार्यअन्तर्गत सूक्ष्म उद्यमी, कृषक, युवा सञ्चालित व्यवसाय तथा मूल्य शृंखलाका साझेदारलाई वित्तीय पहुँच र व्यवसाय विकास सहयोग उपलब्ध गराइनेछ। कुमारी बैंकको वित्तीय विशेषज्ञता र हेल्भेटास नेपालको उद्यम विकास तथा समावेशी मूल्य शृंखला सम्बन्धी अनुभवलाई एकीकृत गरी रोजगारी, नवप्रवर्तन र स्थानीय आर्थिक विकाससँगै हरित तथा जलवायु–उत्थानशील अर्थतन्त्र निर्माणमा योगदान पुर्याउने लक्ष्य राखिएको छ।


















