राष्ट्रपतिसँग बिदाइ भेट

राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि युरोपेली सङ्घका राजदूत भिरोनिका लरेन्जोले आज राष्ट्रपति भवनमा बिदाइ भेट गरेको छ । त्यस अवसरमा उहाँहरुबीच नेपाल–युरोपेली सङ्घ बीचको सम्बन्ध आपसी हित र चासोका विषयमा छलफल भएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

राष्ट्रपति पौडेलले राजदूत लरेन्जोलाई आफ्नो कार्यकाल सफलतापूर्व सम्पन्न गर्नुभएकामा बधाई ज्ञापन गरे ।